एसिया कप क्रिकेट खेल्ने नेपाली टोली घोषणा, को को परे?
पहिलो खेलमा पाकिस्तान र दोस्रोमा भारतसँग भिड्ने
पाकिस्तान र श्रीलंकामा हुने एसीसी एकदिवसीय एसिया कपका लागि १७ सदस्यीय टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एसिया कपका लागि १७ सदस्यीय टोलीको घोषणा गरेको हो ।
टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दिप लामिछाने, करन केसी, ललित राजबंशी, भीम सार्की , कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी र गुल्सन झा छन् । यस्तै, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल पनि छन् ।
एसिया कप भदौ १३ गतेदेखि ३१ गतेसम्म पाकिस्तान र श्रीलंकामा हुनेछ ।
समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समुह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
नेपालले पहिलो खेल भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । दोस्रो खेल १८ गते श्रीलंकाको कान्डीमा भारतसँग खेल्नेछ । नेपालले शीर्ष २ मा स्थान बनाए सुपर फोरमा पुग्नेछ ।
एसिया कपका लागि नेपालले पाकिस्तानमा केही साता अभ्यास गर्नेछ ।