आयोजक अष्ट्रेलियालाई पराजित गर्दै इंग्ल्याड पहिलो पटक विश्वकप फाइनलमा

आयोजक अष्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड महिला विश्वकप फुटबलको फाइनलमा पुगेको छ । बुधबार भएको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई ३–१ ले पराजित गर्दै इंग्ल्याड फाइनलमा प्रवेश गरेको हो ।

दोस्रो हाफमा खेल बराबरीमा ल्याएपनि अष्ट्रेलियाले हार टार्न सकेन । इङ्ल्यान्डले ३६ औँ मिनेटमा अग्रता लिएको थियो ।

अलेस्सिया रुस्सोको पासमा एन्ना आन टोनीले गोल गरेपछि अष्ट्रेलिया खेलमा पछि परेको थियो ।

तर अस्ट्रेलियाकी समन्था करले ६३ औँ मिनेटमा खेल बराबरीमा ल्याइन् । ७१ औँ मिनेटमा लरेन हेम्पको गोलमा इङ्ल्यान्डले फेरी अग्रता लिएको हो । अलेस्सिया रुस्सोले ८६ औँ मिनेटमा गोल थपेकी थिइन् । उनलाई हेम्पले पास उपलब्ध गराइन् ।

इंग्ल्याडले फाइनलमा स्पेनसँग खेल्नेछ । फाइनल खेल भदौ ३ गते हुनेछ ।

सम्बन्धित समाचार