सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित अस्पतालको सुधारका लागि जापन सरकारको सवा ३ अर्ब अनुदान स्वीकृत गर्ने निर्णय लिएको छ ।
बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरषद् बैठकले उक्त अनुदान रकम स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
‘अर्थ मन्त्रालयको प्रस्तावमा धुलिखेल अस्पताल आपत्कालीन ट्रमा सुधार केन्द्रका लागि ३ अर्ब २९ करोड ६० लाख जापानी यान (नेपाली रुपैयाँ ३ अर्ब १४ करोड ६२ लाख ४३ हजार) अनुदान स्वीकृत गर्ने निर्णय भएको छ’, उनले भनिन् ।