ब्रिक्समा थपिए ६ मुलुक

ब्रिक्स समूहमा ६ मुलुक थपिएका छन् । चीन, ब्राजिल, दक्षिण अफ्रिका र भारत गरी पाँच प्रमुख उदाउँदा अर्थतन्त्रहरु सदस्य रहेको यो समूहमा अब अर्जेन्टिना, इजिप्ट, इथियोपिया, यूएई, साउदी अरब र इरान थपिएका हुन् । उनीहरु आउँदो जनवरी महिनादेखि पूर्ण सदस्य बन्नेछन् ।

दक्षिण अफ्रिकाको जोहानसबर्गमा भएको ब्रिक्स शिखर बैठकको अन्तिम दिन आयोजक मुलुकका राष्ट्रपति सिरिल राम्फोसाले ती मुलुकहरुलाई औपचारिक रुपमा समूहमा निम्त्याइएको बताए ।

केही वर्षयता ब्रिक्सको विस्तार गर्ने विषयमा यो समूहमा छलफल चलिरहेको थियो। यही साताको बैठकमा सहमति भएपछि ती मुलुकहरुलाई समूहमा आबद्ध हुन निम्त्याइएको हो।

‘ग्लोबल साउथ’ को आवाजलाई उच्च बनाउन र विश्वलाई बहुध्रुवीय बनाउन यो समूह विस्तार गरिएको हो। विस्तारका लागि चीन र रुसले प्रयास गर्दै आएका थिए भने भारतलगायत केही मुलुक अनिच्छुक देखिएका थिए।

हाल ४० भन्दा बढी मुलुकले यो समूहमा आबद्ध हुने इच्छा देखाएका छन् भने २३ मुलुकले औपचारिक आवेदन दिएका छन्।

सम्बन्धित समाचार