नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ । सोमबार प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूलय आज तोलामा एक सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९० हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै तेजावी सुनको मूल्य पनि आज प्रतितोला एक सय रुपैयाँले नै घट्दै ९० हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने गत सोमबारकै मूल्य कायम हुँदै आज मंगलबार पनि एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।