एसिया कप क्रिकेट : नेपाललाई तेस्रो सफलता, रिजवान ४४ रनमा रनआउट

एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तेस्रो विकेट गुमाएको छ । पाकिस्तानले १११ रन बनाउँदा मोहम्मद रिजवान ४४ रन बनाएर रन आउट भए । २३ ओभर ४ बलमा सन्दीप लामिछानेको बलमा उनलाई दीपेन्द्र सिंह ऐरीले रन आउट गरेका हुन् ।

बाबर आजम ६१ बलमा ४ चौकासहित ४३ रनमा क्रिजमा छन् । उनलाई अघा सलमानले साथ दिनेछन् । रिजवान २४ औं ओभरको चौथो बलमा ५० बलमा ६ चौकासहित ४४ रनमा रन आउट भए । दीपेन्द्रको डाइरेक्ट थ्रो बलमा रिजवान रन आउट हुन पुगे ।

तेस्रो विकेटका लागि रिजवान र बाबरले १ सय ६ बलमा ८६ रनको साझेदारी गरेका थिए । नेपाललाई पहिलो सफलता तीव्र गतिका बलर करण केसीले दिएका थिए । करणको छैटौं ओभरको तेस्रो बलमा ओपनर फखार जमान एज लागेर विकेटकिपर आसिफ शेखबाट १४ रनमा क्याच आउट भए ।

सातौं ओभरको पहिलो बलमा रोहित पौडेलले डाइरेक्ट थ्रोमा इमाम उल हकलाई ५ रनमा रन आउट गरेका थिए । त्यसअघि आरिफ शेखले पाँचौं ओभरको पाँचौं बलमा इमाम उल हकलाई ब्यक्तिगत पाँच रनमा जीवनदान दिएका थिए ।

सम्बन्धित समाचार