एसिया कप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान भिड्दैछन् ।
उपाधि दाबेदर मानिएका दुई टोलीबीचको खेल श्रीलंकाको पालेकेले स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ। भारतले टस जितेर पहिला ब्याटिङ रोजेको छ।
भारत रोहित शर्मा र पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछन्। विश्वभरको नजर रहने यो खेलमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुबै टोलीमा विश्वस्टार बलर र ब्याटर छन् ।
उद्घाटन खेलमा नेपालविरुद्ध पाकिस्तानले उत्कृष्ट जित निकालेको थियो भने भरत पहिलो खेल खेल्दैछ। २०१७ को च्याम्पियन्स ट्रफी जितेको पाकिस्तानले त्यसपछि ५० ओभरको खेलमा भारतलाई हराएको छैन ।
टी–ट्वेन्टी आईमा भने २०२१ को विश्वकप र २०२२ को एसिया कपको सुपर फोरमा हराएको थियो । भारत र पाकिस्तानबीच ५० ओभरको एसिया कपमा कुल १३ खेल भएका छन् । जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन् ।
पछिल्ला पाँच ओडिआई भेटमा भारत ४ र पाकिस्तान १ खेलमा विजयी भएको थियो ।