महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने एमालेको निर्णय

नेकपा एमालेले  महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।  बालुवाटारमा मङ्गलवार साँझ बसेको एमाले स्थायी कमिटी बैठकले  महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रूपान्तरण गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए । बैठकले सो केन्द्रीय कमिटीको बैठक आगामी असार १८ गतेका लागि बोलाउने निर्णय समेत गरेको छ ।
बैठकले नेपालको पछिल्लो राजनीतिक अवस्था गम्भीर र सङ्कटपूर्ण देखिएको निष्कर्षसमेत निकालेको ज्ञवालीले जानकारी दिएका छन् ।
यद्यपि, बुधवारका लागि बोलाइएको महाधिवेशन आयोजक कमिटी बैठक भने नरोकिने ज्ञवालीले बताए । १८ गते बस्ने केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूलाई पनि आमन्त्रण गरिने बताइएको छ
फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार