इन्ज्युरी समयको गोलमा आर्सनल विजयी

आर्सनलले दोस्रो हाफको इन्ज्युरी समयमा दुई गोल गरेपछि इंग्लिस प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको छ । इमिरेट्समा भएको खेलमा आर्सनलका लागि डेक्लेन राइस र ग्याब्रिएल जेससले खेलको अन्त्यतिर गोल गरे ।

त्यसअघि ८८औं मिनेटमा युनाइटेडका लागि एलेजान्ड्रो गरनाचोले गरेको गोललाई भने ‘भार’ ले मान्यता दिएको थिएन । मार्कस रसफोर्डको गोलमा युनाइटेडले सुरुआती अग्रता लिएको थियो ।

लगत्तै मार्टिन ओडेगार्डले बराबरी गोल फर्काए । यो जितपछि आर्सनल चार खेलबाट १० अंकका साथ पाँचौं स्थानमा रहेको छ । युनाइटेड भने चार खेलबाट ६ अंकमा सीमित छ । नयाँ सिजन लिगमा युनाइटेडको यो दोस्रो हार हो ।

सम्बन्धित समाचार