अहिले काठमाडौं आसपासका क्षेत्रमा बच्चाहरूमा हाँडे रोगको समस्या बढ्दै गएको पाइएको छ। हाँडे रोगलाई गल्फुलो र मम्पस पनि भनिन्छ। यो पारमिक्जो भाइरसबाट सर्ने एक भाइरल सङ्क्रमण हो । यो पारमिक्जो भाइरसबाट सर्ने गर्छ। यसलाई गलफुलो भनेर पनि चिनिन्छ। यो रोग लागेका मानिसहरूले सास फेर्दा, खोक्दा वा हाच्छिउँ गर्दा हावाको माध्यमबाट वा बिरामीसँगको सम्पर्क बाट सीधै मम्प्स भाइरस सर्ने गर्दछ । भाइरस को सङ्क्रमण भएको केही दिन पछि मात्रै यो रोग देखा पर्ने भएकाले हेर्दा निरोगी देखिए पनि मम्प्स भाइरस संक्रमित मानिस बाट पनि यो रोग सर्न सक्छ ।
जुनसुकै उमेरमा देखिने भएपनि खोप नलगाएका ५ देखि १५ वर्षमुनिका बच्चामा यो रोग बढी देखिने गर्दछ। कतिपयमा लक्षण नदेखिन पनि सक्छ भने प्रायमा सुरुमा एकपट्टी र्याल ग्रन्थी (प्यारोटिड ग्रन्थी) सुन्निने जुन ७०–९० प्रतिशत मा दुवै पट्टी हुने गर्छ। ज्वरो आउने, गाला सुन्निने, कान दुख्ने, खाना खान वा चपाउन गाह्रो हुने गर्छ। तितो वा अमिलो खाँदा दुखाई बढ्ने हुन्छ। यो रोगले र्याल ग्रन्थी, अण्डकोष, स्नायु प्रणाली, प्यानक्रियाजमा असर गर्छ भने केहीमा थाइराइड, मुटु, मिर्गौला, कलेजा तथा जोर्नीमा पनि असर देखिने गर्छ।
लक्षण :
- चिउँडो/गालाको एकातिर वा दुबैतिर सुन्निनु वा दुख्नु
- ज्वरो आउनु
- रुघा/खोकी लाग्नु
- टाउको दुख्नु
- हाडजोर्नी दुख्नु
- थकान महसुस हुनु
- शरीर दुख्नु
- खान मन नलाग्नु
- बिरामीहरूले बोल्ने बेलामा समेत अप्ठेरो महसूस गर्ने
सामान्यतया भाइरस ले आक्रमण गरेको १५ दिन देखि १८ दिन भित्र लक्षणहरू देखापर्छन् र निको हुन ७ देखि १० दिन लाग्ने गर्दछ । हाडे का लक्षणहरू बालबालिका मा भन्दा वयस्कहरू मा जटिल हुने गर्दछन् । भाइरस को संक्रमण भएका मध्ये करीब एक तिहाई मानिसहरू मा धेरै कम लक्षणहरू देखापर्ने वा कुनै पनि लक्षण देखै नपर्ने पनि हुन सक्छ । यो रोग बढ्दै गएमा दिमागको बाहिरी खोलको संक्रमण (१५% मा), प्यान्क्रियाटाइटिस (४% मा), बहिरोपना (०.५% मा) को समस्या पनि हुन सक्छ । यो रोग लागेका धेरैजसो मा अण्डकोष सुन्निने र दुख्ने हुन सक्छ र कोहीकोही मा एसले बाँझोपना समेत ल्याउन सक्छ । महिलाहरू को पनि ओभरी सुन्निने सम्भावना हुन्छ तर महिला मा भने एसले बाँझोपना को खतरा बढाउँदैन ।
कसरी सर्छ हाँडे/गलफुलो?
यो रोग संक्रमित व्यक्तिको थुक, सिँगान वा खकारबाट सँगै नजिकै भएको श्वासप्रश्वासबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ। बिरामीले सास फेर्दा, हाच्छिउँ गर्दा वा खोक्दा निस्किने मसिना छिटाहरू हावामा मिसिन्छन् र आँखा, नाक वा मुख हुँदै अर्को मानिस को शरीर मा प्रवेश गर्छन्।
हाँडे रोकथामका उपाय :
- बिरामी भएको कम्तिमा ५ दिन घरमै आराम गर्ने
- प्रशस्त पोषिलो आहार र झोलिलो खानेकुरा खाने
- संक्रमित व्यक्तिले प्रयोग गरेको भाँडाकुँडारकपडा प्रयोग नगर्ने
- खोक्दा, हाँच्छिउ गर्दा मुख छोप्ने गरौं साथै मास्कको प्रयोग गर्ने
- साबुन पानीले मिचिमिची हात धुने व्यक्तिगत तथा पारिवारिक सरसफाइमा ध्यान पुर्याउने
- सुन्निएर भएको पीडा कम गर्न घाँटी तथा अण्डकोषमा तातोले बेला बेलामा छोटो समयको लागि सेकाउने
- मनतातो नून पानी ले गार्गल गर्ने
- नरम खाना खाने र प्रशस्त झोल वा तरल पदार्थ को सेवन गर्ने
हालसम्म गलफुलो बाट एक व्यक्ति संक्रमित भइसके पछि उसबाट अन्य व्यक्ति मा सर्न नसक्ने बनाउने पनि कुनै उपाय छैन । हाँडे संक्रमित व्यक्ति मा लक्षण शुरु भएको दिन देखि पाँच दिन सम्म अत्यन्तै संक्रामक हुन्छ । तेसैले चिकित्सकहरू यो अवधिभर बिरामी लाई अन्य व्यक्ति को सम्पर्क मा नआउन सल्लाह दिन्छन् । यदि कुनै बिरामी अस्पतालमा भर्ना भएको छ भने पनि उच्चस्तरको सतर्कता (स्टान्डर्ड तथा ड्रप्लेट प्रिकसन) अपनाउनु आवश्यक हुन्छ । यदि स्वास्थ्य सेवा प्रदान गर्ने व्यक्ति लाई यो रोग लागेको छ भने उसले पाँच दिन सम्म काम गर्नु हुँदैन ।