युरोकपको क्वाटरफाइनल समीकरण पूरा

युरो कप २०२० को अन्तिम १६ का खेल मंगलबार टुंगिएका छन् । यससँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । अब दुई दिन विश्रामपछि क्वाटरफाइनल चरणको खेल सुरु हुनेछ ।

साथै क्वाटरफाइनलको समीकरण पनि तय भएको छ । इंग्ल्याण्डले अब क्वाटरफाइनलमा युक्रेनसँगै खेल्नेछ भने स्विटरल्यान्ड र स्पेन भिड्नेछन् ।

यस्तै अन्तिम आठका अन्य खेल बेल्जियम र इटाली तथा चेक गणतन्त्र र डेनमार्कबीच हुनेछन् ।

अन्तिम १६ को चरणबाट डिफेन्डिङ च्याम्पियन पोर्चुगल र विश्वकप विजेता फ्रान्स दुवै बाहिरिएका छन् । प्री–क्वार्टरफाइनलमा एक खेल टाइब्रेकरमा गएको थियो भने तीन खेलको निर्णय अतिरिक्त समयबाट भएको थियो ।

यस्तो छ क्वाटरफाइनल खेल मिति, समय र स्थान
·· स्विट्जरल्याण्ड भर्सेस स्पेन : जुलाई २ (असार १८ गते), ९:४५ बजे (सेन्ट पिटर्सवर्ग, रुस)
· बेल्जियम भर्सेस इटली : जुलाई २ (असार १९ गते), १२:४५ बजे (म्युनिक, जर्मनी)
· चेक रिपब्लिक भर्सेस डेनमार्क : जुलाई ३ (असार १९ गते), ९:४५ बजे (बाकु, अजरवैजान)
· युक्रेन भर्सेस इंग्ल्याण्ड : जुलाई ३ (असार २० गते), १२:४५ बजे (रोम, इटली)

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार