बाढीले दक्षिण चीनको ग्वाङडोङका ८० हजार स्थानीय विस्थापित

शुक्रबार साँझ आएको अविरल वर्षापछिको बाढीका कारण दक्षिण चीनको ग्वाङडोङ प्रान्तका ८० हजार मानिसहरु विस्थापित भएका छन् ।

उनीहरुलाई सुरक्षित स्थानमा सारिसकिएको छ। टाइफुन हाइकुई र मनसुनले बिहीबारदेखि पर्ल नदी डेल्टा क्षेत्रका धेरै शहर र काउन्टीहरुमा मुसलधारे वर्षा भइरहेको छ ।

जसका कारण बाढी पहिरो र सडक अवरुद्ध भएको छ । प्रान्तिय विपद् न्यूनीकरण आयोगले १५ सहरमा बढी जोखिम रहेको बताएको छ ।

सेन्जेन, झुहाइ र जियाङ्मेन शहरहरु र फोशान, डोङ्गुआन र ग्वाङ्झाउका केही भागहरुमा विद्यालयसमेत बन्द गरिएको छ ।

त्यस्तै ४७ रेल सेवाहरु अवरुद्ध भएका छन् भने ७९ सडक खण्डहरु, ६ वटा टोल बुथ र एउटा पुल पुल अवरुद्ध भएको छ ।

सम्बन्धित समाचार