अभिनेता गौरव पहारी र श्रेयानी खतिवडाबीच बुधबार इन्गेजमेन्ट भएको छ । होटल र्याडिसनमा आयोजित समारोहमा उनीहरुबीच इन्गेजमेन्ट भएको हो ।
उनीहरूको इन्गेजमेन्ट समारोहमा नजिकका साथीभाइ र परिवार उपस्थित थिए । उनीहरू माघमा विवाह गर्ने तयारीमा छन् । श्रेणी पेशाले फिटनेस प्रशिक्षक हुन् । यी दुईजना तीनवर्षदेखि प्रेम सम्बन्धमा थिए ।
गौरवले ‘मञ्जरी, होस्टेल, उत्सव, गाजलु, साइली’ लगायत फिल्ममा अभिनय गरेका छन्। उनी फिल्म ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनको पर्खाइमा छन्।