साफ–यू १९ च्याम्पियनसिपको उपाधि भारतले हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार पाकिस्तानलाई ३–० ले हराउँदै भारत लगातार तेस्रो पटक च्याम्पियन बनेको हो । मालिङथन किप्गेनको २ गोल र गोगमसर गोयारीले अन्तिम समयमा गरेको गोलको मद्दतमा भारतले पाकिस्तानमाथि सहज जित हासिल गरेको हो ।
डिफेन्डिङ च्याम्पियन भारतले यो सहित तेस्रो पटक यू–१९ साप च्याम्पियनसिप जितेको हो । भारतले यसअघि सन् २०२२ र सन् २०१९ मा बंगलादेशलाई हराउँदै यो उपाधि जितेको थियो ।
पहिलो गोल ६४ औं मिनेटमा गरेका मालिङथनले अर्को गोल ८५ औं मिनेटमा फ्रिकिकमार्फत भएको हो । गोगमसरले इन्जुरी समयमा तेस्रो गोलल गरेका थिए ।
यी दुवै टोलीले सेमिफाइनलमा ट्राईबेकरमा जित निकाल्दै फाइनल पुगेका थिए । भारतले नेपाललाई हराउँदै फाइनमा स्थान पक्का बनाएको थियो भने पाकिस्तानले भुटानलाई हराएको थियो ।
पाकिस्तानको यो उमेर समूहमा पहिलो सहभागिता हो ।