नेकपा एमालेको प्रथम कर्णाली प्रदेश अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ ।
सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिएको गणना तीन घण्टा ढिलो गरी सुरु भएको हो ।
आइतबार पाँच पदाधिकारीसहित एक सय २५ सदस्यीय प्रदेश कमिटीका लागि ६ सय ९ जनाले मतदान गरेका थिए । जसमा ४४ जना सदस्यहरू निर्विरोध निर्वाचित भइसकेका छन् ।
कर्णालीमा अध्यक्ष पदका लागि तीन जना उम्मेदवारी बनेका छन् । जसमा कालीकोटा मीनबहादुर शाही, प्रकाश रोकाया र सल्यानका गुलावजंग शाह रहेका छन् ।
यस्तै, उपाध्यक्षमा जाजरकोटका लालबहादुर महतारा, मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाइ, सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुबकुमार शाही रहेका छन् ।
उपसचिवमा नौ जना उम्मेदवार रहेका छन् ।