टिस्टामा आएको बाढीले बगाएर भारतीय सेनाका २३ जवान बेपत्ता

उत्तर सिक्किमको लोनाक ताल विस्फोटपछि टिस्टा नदीमा आएको बाढीबाट भारतीय सेनाका २३ बढी जवान बेपत्ता भएका छन् ।

बुधबार बिहान साढे १ बजे अचानक आएको बाढीले सेनासँगै सेनाका शिविर र गाडी पनि बगाएको भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बाढीकै कारण चुङ्थाङ्ग बाँधबाट पानी छोडेपछि तल्लो भेगमा पानीको जलस्तर बढेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सेनाका २३ सहित अन्य ७ जनालाई पनि बाढीले बेपत्ता बनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चुङ्थाङ क्षेत्रमा कम्तीमा ६ वटा पुल बाढीले बगाएको जनाइएको छ ।

सम्बन्धित समाचार