अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।
अमेरिकी भूगर्भ सर्वेक्षणले ६.३ म्याग्निच्युडको भूकम्पपछि हेरात प्रान्तमा धेरै शक्तिशाली धक्का महसुस गरिएको जनाएको छ ।
भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ ।
अफगान अधिकारीहरूले भग्नावशेषमा केही मानिस फसेको बताएका छन् । आसपासका ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरो गएको खबर प्राप्त भएका छन् ।
गएको जुनमा पनि अफगानिस्तानमा गएको भूकम्पमा परी हजारभन्दा बढीको ज्यान गएको थियो ।