क्रिस्टियानो रोनाल्डोको दुई गोलमा पोर्चुगलले युरो कप २०२४ को छनोट खेलमा हर्जेगोभिनालाई फराकिलो अन्तरले हराएको छ ।
सोमबार राति भएको खेलमा पोर्चुगलले हर्जेगोभिनालाई ५–० को फराकिलो अन्तरले पाखा लगाएको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र ब्रुनो फर्नान्डेजले समान १र१ गोल गरे ।
पोर्चुगलले सबै गोल पहिलो हाफमा गरेको हो । खेलको पाचौं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए ।
उनले नै २०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दा अग्रता दोब्बर पारे। ३८ वर्षीय रोनाल्डोले पोर्चुगलका लागि १ सय २७औं गोल गर्दै अग्रता दोब्बर पारेका थिए । त्यसको ५ मिनेटपछि नै फर्नान्डेजको गोलमा पोर्चुगलले ३–० को अग्रता लियो ।
एकपक्षीय खेलको ३२औं मिनेटमा क्यान्सोलेले टोलीका लागि चौथो गोल गरे । ४१औं मिनेटमा फेलिक्सको गोलमा पोर्चुगलले पहिलो हाफमा नै ५–० को फराकिलो अग्रता बनाएको थियो ।
युरो कपमा स्थान बनाइसकेको पोर्चुगलले ८ खेलमा २४ अंक बनाउँदै समूह जेको शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको स्लोभाकियाको समान खेलबाट १६ अंक छ ।