कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । दुबै इजरायली नागरिक हुन् । रिहा भएका दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई उपचारका लाीग तेल अविव ल्याइएको छ ।
यसअघि हमासले अमेरिकी आमा–छोरीलाई रिहा गरेको थियो । हमासले यी दुई महिलालाई ‘मानवीय’ र स्वास्थ्य कारणले रिहा गरिएको बताएको छ।
बन्धकहरूको रिहाइका लागि मध्यस्थता गरेकामा इजिप्टलाई इजरायलले धन्यवाद दिएको छ। यस्तै रिहा गरिएका दुई महिलालाई स्वदेश फिर्ता गर्न खेलेको भूमिकाका लागि रेडक्रसप्रति आभार प्रकट गरेको छ।
इजरायली अधिकारीका अनुसार रिहा भएका नुरिट कुपरका ८५ वर्षीय श्रीमान् अमिरम र लिफसिट्जका ८३ वर्षीय श्रीमान् ओदेद अझै हमासको बन्धकमा छन्।
हमासले गाजामा २१२ सर्वसाधारणलाई बन्धक बनाएको छ । इजरायली सेनाले बन्धकहरूमा २० बालबालिका र ६० वर्षभन्दा माथिका १० देखि २० व्यक्ति रहेको बताएको छ ।