नेपाललाई सिंगापुरको मध्यम लक्ष्य

आईसीसी टी२० विश्वकप एसिया क्षेत्र छनोट क्रिकेट अन्तर्गत सिंगापुरले नेपाललाई मध्यम लक्ष्य दिएको छ । त्रिवि मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ थालेको सिंगापुरले २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनाएको छ । 

 सिंगापुरका युवा ओपनर रोहन रंगराजनले ३० बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । डेब्यू खेल खेलेका आर्यवीर चौधरीले २६ बलमा ५ चौकासहित ३७ रन बनाए । अक्षय पुरी १३ रनमा नटआउट रहे । अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले दुई–दुई विकेट लिए ।

सम्बन्धित समाचार