अभिनेता प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार हुँदै, आईसीयूबाट वार्डमा सारियो

स्वास्थ्यमा सुधार आएपछि अभिनेता प्रकाश घिमिरेलाई आईसीयूबाट न्युरो वार्डमा सारिएको छ । गत साता पोखराको नदीपुरस्थित भीरबाट लडेर घाइते भएपछि उनको उपचार स्थानीय मणिपाल शिक्षण अस्पतालमा भइरहेको छ ।

वार्डमा सारिएपछि उनले भेट्न पुग्ने आफन्त र शुभचिन्तकसँग दोहोरो कुराकानी गर्न थालेका छन् । स्थानीय मिडियासँग कुरा गर्दै घिमिरेले चाँडै स्वास्थ्य लाभ गरेर काममा फर्किने आशा व्यक्त गरे ।।

अस्पतालमा भेट्न पुगेकासँग उनले फिल्म र नाटकबारे चिन्ता गर्ने गरेको जनाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पनि अभिनेता घिमिरेको स्वास्थ्यमा सुधार आएको बताएका छन् । शुक्रबार मेयरसँगको कुराकानीमा पनि उनले पोखरामा स्तरीय नाटक घर बनाउनुपर्ने चिन्ता जाहेर गरेको जनाइएको छ ।

सम्बन्धित समाचार