पोल्याण्डका यातायात मजदुरद्वारा युक्रेनसँग जोडिने सडक अवरुद्ध

पोल्याण्डका यातायात मजदुरहरूले युक्रेनसँगको सीमानामा जाने सडक अवरुद्ध गरेका छन्। पोल्याण्डका यातायात कम्पनीका प्रतिनिधिहरूले छिमेकी देशका व्यवसायहरूबाट अनुचित प्रतिष्पर्धाको विरुद्धमा युक्रेनसँगको तीन वटा सीमानाका सडक अवरुद्ध गरेका हुन् ।

प्रदर्शनकारीहरूले ट्रकहरूलाई लुब्लिन भोइभोडशिपको कोर्चोवा र डोरोहस्कको क्रसिङहरूमा जानबाट रोकेका थिए। जसकारण लामो जाम परेको थियो । रूस–युक्रेन द्वन्द्व शुरु भएपछि, ईयूले युक्रेनी यातायात कम्पनीहरूलाई ब्लकमा प्रवेश गर्न अनुमति दिने प्रणालीमा माफी दिएको थियो ।

पोल्याण्डका कम्पनीहरूले यो कदमले युक्रेनी प्रतिष्पर्धीहरू यस क्षेत्रमा प्रवेश गरेको दाबी गरेका छन्। उनीहरूले आफ्नो कमाइमा घाटा पुगेको बताएका छन्। गत सोमवारदेखि ट्रक व्यवसायीले आन्दोलन गरिरहेका छन्।

विद्युतीय लाइन प्रणाली पोलहरूको लागि अर्को चिन्ताको विषय भएको उनीहरूको भनाइ छ। पोल्याण्ड फर्कन चाहने वाहकहरूलाई अनिवार्य दर्ता गर्न धेरै समय लाग्ने उनीहरूको गुनासो छ।

सम्बन्धित समाचार