विश्वकप क्रिकेट : भारतीय समर्थकलाई टाउको दुखाइ बने अम्पायर

आईसीसी विश्वकप २०२३ को फाइनल भोलि (आइतबार) गुजरातको अहमदाबादमा हुँदैछ । आयोजक भारत र अष्ट्रेलियाको टोली आमनेसामने हुनेछन् । फाइनल खेलमा इंग्ल्याण्डका रिचर्ड केटलब्रो र रिचर्ड इलिंगवर्थले अफिसिङ गर्नेछन् ।

अम्पायरको नाम घोषणा हुनासाथ भारतीय फ्यानहरुको बेचैनी बढेको छ । सामाजिक सञ्जालमा पनि मानिसहरूले रिचर्ड केटलब्रो र रिचर्ड इलिंगवर्थको बारेमा धेरै लेखिरहेका छन्। यसको कारण रिचर्ड केटलब्रोले अम्पायरिङ गरेका महत्वपूर्ण आईसीसी नकआउट खेलमा भारतीय टोलीले हार बेहोरेको छ ।

एकदिवसीय विश्वकप २०१५ को सेमिफाइनलमा अस्ट्रेलियाले भारतलाई हराएको थियो, त्यो खेलमा पनि केटलब्रो अम्पायर थिए। खेलकुद बगले रिचर्ड केटलब्रो अम्पायर हुँदा भारतले हार बेहोरेको खेलको ग्राफिक साझा गरेको छ ।

टी–२० विश्वकप २०१६ मा वेष्ट इण्डिजसँग हार्दा होस् वा च्याम्पियन्स ट्रफी २०१७ को फाइनलमा पाकिस्तानसँग हार्दा होस् । विश्वकप २०१९ को सेमिफाइनलमा न्यूजिल्याण्डसँग भारत हारेको खेलमा पनि केटलबोरो अम्पायर थिए ।

सम्बन्धित समाचार