इराकमा सांसदका आफन्तसहित उद्धार टोलीमाथि बम आक्रमण भएको छ । इराकको पूर्वी दियाला प्रान्तको अमरनिया सहर नजिकै बिहीबार साँझ एउटा गाडी र उद्धार टोलीमाथि आक्रमण भएको हो ।
रोयटर्सका अनुसार गाडी र उद्धार टोलीमाथी सडक किनारमा राखिएको बम र गोलीले आक्रमण गरी कम्तीमा १० जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
सुरक्षा बलसँग सम्बन्धित स्रोतहरूले इराकको अमरनिया सहर नजिकै स्थानीय सांसदका आफन्तहरूलाई निशाना बनाएको जानकारी दिएका छन ।
सो क्रममा उनीहरूमाथि अज्ञात आक्रमणकारीले बम प्रहार गर्नुका साथै स्नाइपर फायरिङ समेत गरेको थियो । उनले आक्रमणको सम्भावित कारणबारे खुलाएनन् । आक्रमणपछि सुरक्षा बलले उक्त क्षेत्रमा कर्फ्यु लगाएको छ ।
अक्टोबर २०२३ को अन्तिम दिनमा इराकको राजधानी बगदादमा पनि यस्तै आक्रमण भएको थियो । यो हमला अक्टोबर २७ मा रेडक्रसको मुख्यालय र प्रहरी चौकी नजिक भएको थियो, जसमा ३३ जनाको मृत्यु भएको थियो । अघिल्लो राति छुट्टाछुट्टै आक्रमणमा तीन अमेरिकी सैनिक मारिएपछि यो हमला गरिएको हो ।