इजरायल र हमासबिचको युद्धविराम सम्झौता समाप्त

हमास र इजरायलबीचको युद्धविराम सम्झौता सकिएको छ । इजरायलले फेरि युद्ध सुरु भएको जनाएको छ । हमास र इजरायलबीचको युद्धविराम सम्झौताको बिहीबार सातौं दिन थियो। यसपछि आज यो सम्झौता टुंगिएको हो ।

सम्झौता समाप्त हुनु केही समयअघि इजरायलले गाजाबाट प्रहार गरिएको रकेट खसालेको बताएको थियो। इजरायली सेनाले एक्समा लेख्यो- “हमासले इजरायलमा गोली चलाउन थालेको छ, यो युद्धविराम सम्झौताको उल्लङ्घन हो।” यो युद्धविराम अगाडि बढ्ने आशा थियो।

अमेरिका, कतार र इजिप्टले निरन्तर मध्यस्थता गर्दै आए पनि यो सम्झौता अगाडि बढ्न सकेको छैन । गत शुक्रबार हमास र इजरायलबीच युद्धविराम सम्झौताको घोषणा भएको थियो। सात दिनसम्म चलेको यस सम्झौतामा बिहीबारसम्म हमासले ११० जना इजरायली बन्धकहरूलाई रिहा गरेको छ ।

सम्बन्धित समाचार