यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित भएको छ । शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
पाकिस्तानको जितमा आजन आविस ६२ बलमा ८ चौकासहित ५६ रनमा अविजित रहे । नेपालका गुलशन झाले ८ ओभरमा १ मेडनसहित ५४ रन खर्चेर २ विकेट लिए ।