यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारतसँग १० विकेटले पराजित भएको छ ।
दुबईको आईसीसीए २ मैदानमा जितका लागि पाएको ५३ रनको सामान्य लक्ष्य भारतले बिना क्षति ७.१ ओभरमा भेट्टायो ।
भारतका लागि ओपनर ब्याटर अर्हिन कुलकर्नीले ४३ र आदर्श सिंहले १३ रन बनाए । नेपालबाट ३ जना बलर प्रयोग भएको थियो, तर विकेट भने निकाल्न सकेनन् ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो । यू(१९ क्रिकेटमा नेपालको यो अहिलेसम्म्कै न्यून स्कोर हो । यसअघि नेपाल सन् २००८ मा वेष्टइण्डिज विरुद्ध ७४ रनमा अलआउट भएको थियो ।
नेपालका कुनै पनि ब्याट्सम्यानले बनाएको रनभन्दा अतिरिक्त रुपमा प्राप्त रन बढी रह्यो । नेपालले अतिरिक्त रुपमा १३ रन पाएको थियो । नेपालको अन्तिम विकेटका रुपमा हेमन्त धामी १८ बलमा आठ रन बनाउँदै आउट भए । उनको विकेट राज लिम्बानीले लिए । आकाश चन्द चार रनमा अविजित रहे ।
भारतीय टोलीका बलर राज लिम्बानी एक्लैले सात विकेट लिएका थिए । उनले ९।१ ओभरमा तीन मेडन राख्दै केवल १३ रन खर्चिएका थिए । आराध्य शुक्लाले पनि दुई विकेट हात पारेका थिए । आर्सिन अतुल कुलकणर्ीले एक विकेट लिएका थिए ।
जारी एसियाकपको समूह ‘ए’ मा रहेको नेपालले आफ्नो तीनवटै खेलमा हार ब्यहोर्यो । पहिलो खेलमा पाकिस्तानसँग सात विकेटले पराजित भएको नेपाली टोली दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हारेको थियो । नेपाली टोली समूहगत चरणबाटै बाहिरिएको छ । उक्त समूहबाट पाकिस्तान र भारत सेमिफाइनलमा पुग्ने बलियो सम्भावना छ ।