दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति जुमाद्वारा प्रहरी समक्ष आत्मसमर्पण

भ्रष्टाचार सम्बन्धी मुद्दा खेप्दै आएका दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

७९ वर्षीय जुमा बुधबार आफ्नो निवास नजिकै रहेको जेलमा पुगेर आत्मसर्पण गरेको बीबीसीले जनाएको छ । अदालतको मानहानी सम्बन्धी मुद्दामा जेल सजाय भोग्न तयार रहेको भन्दै उनले आत्मसमर्पण गरेका हुन् । अघिल्लो साता पूर्व राष्ट्रपति जुमालाई अदालतको अवहेलनामा १५ महिना जेल सजाय तोकिएको थियो ।

गत आइतबार पूर्व राष्ट्रपति जुमा जेल जान अस्विकार गरेपछि बुधबारसम्मको समयसीमा तोकिएको थियो । तोकिएकै समयमा पूर्वराष्ट्रपति जुमाले प्रहरी समक्ष आफूलाई आत्मसमर्पण गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार