नेपाल प्रो क्लब च्याम्पियनसिप क्रिकेटको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । पर्साको नारायणी रङ्गशाला वीरगञ्जमा भएको फाइनल खेलमा पर्सा ११ लाई १ सय रनले हराउँदै प्रो क्लब च्याम्पियनसिप उपाधि जितेको हो ।
पुलिसले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याएको पर्सा ११ ओभरमा ४५ बनाएर अल आउट भयो । यसअघि पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।
आजै तेस्रो स्थानका लागि भएको खेलमा वन्डर्स क्लब नोयडालाई आर्मीले ६ विकेटले हराएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा आर्मीलाई पराजित गर्दै पर्सा फाइनलमा प्रवेश गरेको थियो । पुलिस भने भारतीय क्लब वन्डर्स क्लब नोयडालाई पराजित गर्दै फाइनलमा पर्सासँग भेट पक्का गरेको थियो ।