अमेरिकामा १७ वर्षीय विद्यार्थीले स्कुलमा चलाए गोली, एकको मृत्यु, पाँच घाइते

अमेरिकाको आयोवा राज्यको एक हाइस्कुलमा अन्धाधुन्ध गोली प्रहार हुँदा एक विद्यार्थीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । लामो बिदापछि विद्यालय खुलेको पहिलो दिन एक विद्यार्थीले ६ जनाविरुद्ध गोली हानेका हुन् ।

बीबीसीको समाचारअनुसार गोली लाग्नेमा पाँच विद्यार्थी र एक विद्यालय प्रशासक छन्। गोली लागेर मृत्यु भएका विद्यार्थी कक्षा ६ मा पढ्थे ।

प्रहरीका अनुसार गोली चलाउने संदिग्ध १७ वर्षीय विद्यार्थी डेलोन बटलर हुन् । उनले बन्दुक र ह्यान्ड ग्रेनेड ल्याएका थिए ।

आपराधिक अनुसन्धानको आयोवा डिभिजनका सहायक निर्देशक मिच मोर्टवेटले अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेको बताएका छन् ।

उनले गोली चलेको समयमा नै विद्यार्थीले सामाजिक सञ्जालमा धेरै पोस्ट गरेको बताए । मोर्टभेटका अनुसार घाइतेमध्ये एकको अवस्था चिन्ताजनक छ ।

सम्बन्धित समाचार