गाजामा ज्यान गुमाउने प्यालेस्टिनीको संख्या २२ हजार ६०० पुग्यो

इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या २२ हजार ६०० पुगेको छ । अहिलेसम्म ५७ हजार ९१० जना घाइते भएका छन् ।

गाजास्थित स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार इजरायली सेनाले बितेको २४ घण्टामा गाजामा १५ वटा आक्रमण गरेको छ । जसमा १६२ जनाको मृत्यु भएको छ भने २९६ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ गते यता इजरायलले हमासको अप्रत्यासित आक्रमणको जवाफमा गाजाविरुद्ध आफ्नो सैन्य कारबाही शुरु गरेदेखि २२ हजार ६०० जनाको मृत्यु भएको छ भने, ५७ हजार ९१० जना घइते भएका छन् ।

यसैबीच इजरायली सेनाले शुक्रबार “मानवीय कारणका लागि” भन्दै गाजा पट्टीको रफाह शहरको तेल अल(सुल्तान जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सैन्य कारबाही स्थगित गरेको थियो ।

सम्बन्धित समाचार