युवा फरवार्ड काइलियन एमबाप्पेको ह्याट्रिकप्रेरित पेरिस सेन्ट जर्मन (पीएसजी)ले फ्रेन्च कपमा रिभलविरुद्ध ९–० को फराकिलो जित निकालेको छ ।
फ्रान्सको छैटौँ श्रेणीको क्लबमाथि पीएसजीले निरन्तर दबाब बनाएको थियो । रिभलको मैदानमा पीएसजीलाई जित दिलाउन एमबाप्पेले ह्याट्रिक गर्दा रान्डाल कोलो मुयनीले दुई गोल गरे ।
यस्तै, मार्को असेन्सियो, गोन्कालो रामोस, र चेर एन्डोउरले समान एक गोल गरे । पीएसजीले एक गोल घरेलु टिमका म्याक्सेन्स ए’गुसेनबाट आत्मघाती उपहार पाएको थियो ।
एमबाप्पेले खेलको १६औँ, ४५औँ र ४८औँ मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । फ्रान्सका कप्तान समेत रहेका एम्बाप्पेको यो कीर्तिमानी गोल हो । फ्रेन्च लिगमा एमबाप्पेले २२ खेलमा ३० गोल गरिसकेका छन् ।