एमाले कार्यदल बैठक सकियो, भोलि सुखद समाचार आउने कार्यदलका सदस्य विष्टको भनाई

नेकपा एमाले पार्टी भित्रका समस्या समाधान गर्न गठित कार्यादलको बैठक सहमति नजिक पुगेको छ । भोलि औपचारिक रुपमा पार्टी भित्र समझदारी कायम गर्ने दस्तावेजलाई सार्वजनिक गर्ने बताइएको छ ।

आजको बैठकपछि पत्रकाहरुसँग कुरा गर्दै कार्यदलका सदस्य गोकर्ण विष्टले समस्या लगभग समाधानको अवस्थामा पुगेको र अब त्यसलाई भोलि औपचारिता दिन मात्रा बाँकी रहेको बताए ।

उनले भने, ‘कार्यदलभित्र लगभग सबै कुरा मिलेको छ यसलाई आज औपचारिकता दिन सकिएन भोलि तपाइँहरुले भोलि सुखद समाचार सुन्न पाउनु हुन्छ ।’ उनले एमालेलाई एकताबद्ध बनाएर राष्ट्र र जनताको पक्षमा उभ्याउने दृढता व्यक्त गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार