‘सुपर सिक्स’मा पुग्न नेपाललाई सामान्य लक्ष्य, आकाशको पाँच विकेट

काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्र्तगत नेपालले अन्तिम खेलमा अफगानिस्तानविरुद्ध सामान्य लक्ष्य पाएको छ । ‘सुपर सिक्स’ पुग्ने टोलीको टुंगो लाग्ने महत्वपूर्ण खेलमा नेपालले १४६ रनको लक्ष्य पाएको हो ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रन बनाउँदै अलआउट भएको छ ।

अफगानिस्तानका लागि हसन इसाखिलले २० रन र एएम गजानफरले ३७ रन बनाउनुबाहेक अन्य ब्याटर दोहोरो अंकमा रन बनाउन सकेनन् । अफगानिस्तानका चार खेलाडी शून्यमै आउट भएका छन् ।

नेपालका लागि तीव्र गतिका बलर आकाश चन्दले उत्कृष्ट बलिङ गरे । उनले ७ ओभर बलिङ गर्दै २८ रन खर्चेर ५ विकेट लिएका छन् । गुल्शन झा, तिलक भण्डारी र दीपेश कडेँलले समान एक एक विकेट लिए ।

आज जित हासिल गर्ने टोलीले सुपर सिक्समा आफ्नो स्थान पक्का गर्ने छ । पराजित हुने टोली भने १३औ स्थानका लागि खेल्ने छ ।

सम्बन्धित समाचार