यू-१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

आईसीसी यू-१९ विश्वकप २०२४ मा नेपाल अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको छ । नेपाल समूह डी बाट तेस्रो स्थानमा रहँदै सुपर सिक्समा पुगेको हो । जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

खलिल अहमदले ओपनर विपिन रावललाई योर्करमा २ रनमा एलबीडब्लू आउट गरेपछि नेपाल ८.१ ओभरमा २४–३ को अवस्थामा पुगेको थियो ।
त्यसपछि नेपालको इनिङ सम्हाल्न चौथो विकेटका लागि देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए । स्पिनर नासिर खानले त्रिपाठीलाई १६ रनमा अली अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । त्रिपाठीले ३९ बलमा १ चौका प्रहार गरे । दीपेश कँडेल ४ र दीपक डुम्रे ५ रनमा आउट भएका थिए ।

यसअघि आजको खेलमा तीव्र गतिका बलर आकाश चन्दको उत्कृष्ट बलिङको मद्दतले नेपालले अफगानिस्तानलाई १ सय ४५ रनमा समेटेको थियो । सुरुवातदेखि नै घातक रहेको नेपाली बलिङ लाइनअपले अफगानिस्तानलाई ४०.१ ओभरमा १ सय ४५ रनमा समेटेको हो ।

टस हारेर पहिले बलिङको‌ निम्तो पाएको नेपालका लागि आकाश चन्दले सर्वाधिक ५ विकेट लिए । उनले ८ ओभर बलिङ गर्दै ३४ रन दिएर ५ विकेट लिएका हुन् । यस्तै दिपेश कंडेलले ८ ओभरमा १ मेडन सहित १७ रन दिएर २ विकेट लिए । गुलशन झा, सुवाष भण्डारी र तिलक भण्डारीले समान १ विकेट लिए ।

अहिलेसम्म भारतले सर्वाधिक ५ पटक यू–१९ विश्वकपको उपाधि जित्दा अष्ट्रेलियाले तीन पटक जितेको छ। पाकिस्तानले दुई तथा बंगलादेश, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र इंग्ल्याण्डले एक९एक पटक उपाधि जितेका छन्।

यू–१९ विश्वकपमा नेपालले यसअघि सात पटक सहभागिता जनाइसकेको छ। यसपटक नेपाल आठ वर्षपछि प्रतियोगितामा सहभागी भएको हो। नेपालले गत वर्षको फागुनमा भएको यू(१९ एसिया छनोटमा संयुक्त अरब इमिरेट्स ९युएई०लाई फाइनलमा हराउँदै विश्वकपमा स्थान बनाएको थियो।

सम्बन्धित समाचार