त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग भिड्ने

घरेलु मैदानमा अर्को साता सुरु हुने आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार सिरिजको पहिलो खेलमा नेपालले नेदरल्यान्डसँग खेल्नेछ । सो खेल फागुन ३ गते हुनेछ ।

दोस्रो खेलमा ५ गते नेदरल्यान्डसँग खेल्ने तालिका छ । ९ गते नामिबियासँग र लिगको अन्तिम खेलमा १३ गते नेदरल्यानडसँग नै खेल्नेछ ।

त्रिकोणात्मक सिरिज फागनु ३ देखि १३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । त्रिकोणात्मक सिरिजका लागि नेपालले यसअघि नै १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

त्रिकोणात्मक सिरज असिरिज अघि नेपालले क्यानडासँग फेब्रुअरी ८, १० र १२ मा तीन खेलको सिरिज खेल्दैछ ।

सिरिज खेल्ने नेपाली टोली:
रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ र रिजन ढकाल ।

वैकल्पिक खेलाडी : प्रतिश जिसी, देव खनाल, अनिल शाह र विवेक यादव ।

सम्बन्धित समाचार