नेपालले क्याानडासँगको तीन ओडीआई सिरिजअन्तर्गत पहिलो खेल आज खेल्दैछ ।
खेल बिहान ९:१५ मा टीयु क्रिकेट मैदानमा सुरु हुनेछ । दुवै टोली सिरिजमा विजयी सुरुआत गर्ने उद्देश्यका साथ मैदान उत्रर्नेछन् ।
खेलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलको नेतृत्वमा टोली बुधबारै घोषणा भइसकेको छ । नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले प्रशिक्षक मोन्टी देशाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवसर दिएका छन् ।
सिरिजअन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ २५ गते (आज), २७ र २९ गते नेपालले क्यानडासँग प्रतिस्पर्धा गर्नेछ ।
क्यानडासँग खेल्ने नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सराफ, सोमपाल कामी, हेमन्त धामी, रिजन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द र अनिल साह।