माधव नेपाललाई बाइपास गरेरै सहमति

सहमतिपछि पनि एमाले विवाद कायमै

नेकपा एमालेमा पार्टी ए्कताका लागि संस्थापन पक्ष र नेपाल पक्षबीच १० बुँदे सहमति भएको छ । तर कार्यदलले गरेको सहमतिमा बरिष्ठ नेता माधव नेपाल पक्षका धेरै नेता र सांसदले असन्तुष्टि प्रकट गरेका छन । कार्यदलकै सदस्य रघुजी पन्तले समेत सहमतिमा हस्ताक्षर गरेका छैनन । यस्तै माधव पक्षका नेता मेटमणी चौधरी लगायतले केहि नेताहरुले यसमा असन्तुष्टि जनाएको र माधव नेपालले समेत एक दिन पर्खन दिएको निर्देशनलाई नेपाल पक्षबाटै कार्यदल सदस्य बनेका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतले अवज्ञा गदै कार्यदलको बैठकमा भएको १० बुँदे सहमतिमा हस्ताक्षर गरेका हुन । आज दिनभरि बसेको कार्यदलको वैठकले १० सहमति गरेको हो ।
तर सहमतिप्रति माधव नेपाल पक्षका धेरै नेता र सांसदहरुले असन्तुष्टि जनाएपछि कार्यदलले गरेको १० बुँदे सहमतिपछि पनि एमाले भित्रको विवाद कायमै रहने देखिएको छ । वरिष्ठ नेता नेपाललाई वाईपास गरेर सहमतिमा हस्ताक्षर गरेका भीम रावलसहितका कार्यदलका सदस्यहरु भने जारी विवादमा सोमबारदेखि ओलीको पक्षमा उभिने स्पष्ट भएको छ ।

१३ घण्टादेखि एमाले कार्यदलको बैठक जारी, नेपाललाई बाइपास गरेर सहमति गर्ने प्रयास

एमाले एकता कार्यदलले गर्‍यो १० बुँदे सहमति (सहमति पत्रसहित)

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार