डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र फुटबल क्लव र न्युरोड टिम (एनआरटी) जारी केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न सेमिफाइनलमा मच्छिन्द्र र एनआरटीले आ–आफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै उपाधि भिडन्त तय गरेका हुन् । यी दुईबीच शनिबार उपाधि भिडन्त हुनेछ ।
एनआरटीले अर्को शिर्ष डिभिजन क्लव जावलाखेल युथमाथि ३–० को सहज जित निकाल्यो । एनआरटीको जितमा सञ्जीव बिष्टले दुई तथा विवेक गुरुङले एक गोल गरे । मच्छिन्द्रले भने भारतीय क्लव मानेभञ्ज्याङ फुटबल क्लवलाई ५–० ले हराउँदै एनआरटीसँगको भेट पक्का गर्यो ।
मच्छिन्द्रको जितमा विमल घर्तीमगर, स्टेफन समिर बिनोङ, हिसुब थपलिया, देवेन्द्र तामाङ र आयुश घलानले गोल गरे।