देशका केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु पुनः सक्रिय हुँदा वर्षाको सम्भावना रहेको हो । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा साँझबाट यो प्रणाली (पश्चिमी वायु) थप सक्रिय हुँदा वर्षा हुने भएको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी र कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।