काठमाडौंमा जारी साफ यू–१६ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा नेपाल बंगलादेशसँग २–० ले पराजित भएको हो ।
बंगलादेशको जितमा दुवै गोल सौरभी प्रितीले गरिन् । खेलको २५औँ मिनेटमा उनले बंगलादेशलाई सुरुआती अग्रता दिलाएकी थिइन् । पेनाल्टीमार्फत ३१औँ मिनेटमा उनले बंगलादेशका निम्ति दोस्रो गोल गरिन् ।
नेपालले दोस्रो खेल यही फागुन २१ गते भुटानसँग खेल्नेछ । लिग चरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका निम्ति प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।