नेपाल ‘ए’ ६० रनमै अलआउट, एक खेलअगावै आयरल्यान्डलाई उपाधि

नेपालको ‘ए’ राष्ट्रिय क्रिकेट टिमले आयरल्यान्ड ‘ए’ विरूद्धको तीन खेलको एकदिवसीय सिरिज अन्तिम खेलअघि नै गुमाएको छ ।

लगातार दोस्रो खेलमा पराजित हुने क्रममा नेपालले शुक्रबार ११४ रनको हार बेहोर्‍यो । आयरल्यान्डले दिएको १७५ रनको लक्ष्य पछ्याएको नेपाल १६.५ ओभरमा ६० रनमै अलआउट भयो ।

यससँगै नेपाल ‘ए’ टोलीले घरेलु मैदानमा खेलेको तीन खेलको टी–२० र ओडीआई सिरिज आयरल्यान्डलाई सुम्पेको हो ।

भीम सार्कीले बनाएको १७ रन नै नेपालका लागि सर्वाधिक रह्यो । कप्तान विनोद भण्डारीले १६ रन थपे । अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालका पाँच ब्याटर शून्यमा नै पेभेलियन फर्के ।

आयरल्यान्डका लागि म्याथुले सर्वाधिक ६ विकेट लिए । फियोन ह्यान्ड र थोमस मयसले समान २ विकेट लिए ।

त्यसअघि कीर्तिपुररस्थ्ति त्रिवि क्रिकेट मैदानमा नेपाल ‘ए’ ले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ टोली ३८.४ ओभरमा १ सय ७४ रन बनाउँदा अलआउट भयो ।

नेपालले पहिलो खेल २१ रनले गुमाएको थियो ।

सम्बन्धित समाचार