बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको छ ।