सिटी र रियलको रोमाञ्चक बराबरी

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनिस क्लब रियल म्याड्रिडले ३-३ गोलको रोमाञ्चक बराबरी खेलेका छन् ।

रियलको मैदानमा भएको खेलमा सिटीले सुरुवाती अग्रता लिएको थियो । दोस्रो मिनेटमा बर्नान्डो शिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।

आत्मघाती गोलको सहाराले घरेलु टिमले बराबरी गोल फर्कायो । १२ मिनेटमा सिटीका डियाजले आफ्नै पोस्टमा गोल गरेका थिए।

१४ मिनेटमा रोद्रिगोले गोल गर्दा रियलले खेलमा अग्रता लिन सफल भयो । ६६ मिनेटमा फोडेनले सिटीका लागि बराबरी गोल गरे ।

७१ जिभार्डिओलले गोल गरेर सिटीलाई फेरि अग्रता दिलाए । तर ७९ औँ मिनेटमा भाल्भाडेले रियलका लागि बराबरी गोल गर्न सफल भए ।

सिटी र रियलबीचको दोस्रो लेगको खेल अप्रिल १८ मा हुनेछ ।

सम्बन्धित समाचार