एसीसी प्रिमियर कप : नेपाल मलेसियासँग भिड्दै

एसियाली क्रिकेट परिषद (एसीसी) प्रिमियर कप २०२४ अन्तर्गत नेपालले पहिलो खेलमा आज (बिहीबार) मलेसियासँग खेल्दैछ । ओमानको अल अमरेत क्रिकेट मैदानमा हुने खेल दिउँसो सबा ४ बजे सुरु हुनेछ ।

प्रिमियर कपका लागि भारतको गुजरातस्थित वापीमा एसएमएस कप क्रिकोणात्मक सिरिजको उपाधि जित्दै नेपाली टोली बुधबार ओमान पुगेको हो ।

त्यसअघि नेपालले घरेलु मैदानमा आयरल्याण्ड ‘ए’ सँग दुई खेलको सिरिज जित्दै गुजरात पुगेको थियो ।

सिरिजको दोस्रो खेलमा नेपालले बैशाख १ गते कतारसँग खेल्नेछ । तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग तथा समुह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ ।

समूह ‘ए’ मा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । समुह बी मा आयोजक ओमानसँगै यूएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।

समूहको शीर्ष २ मा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । सेमिफाइनलका खेलहरु वैशाख ७ गते हुनेछ ।

सेमिफाइनलका विजेताले फाइनलमा स्थान बनाउँदा पराजित हुने टोलीले तेस्रो स्थानका लागि खेल्नेछन् । तेस्रो स्थानको खेल वैशाख ८ गते हुनेछ ।

उपाधि भिडन्त वैशाख ९ गते हुने तालिका छ । सो दिन फाइनल खेल हुन नसकेमा १० गतेका लागि रिजर्भ डे राखिएको छ । प्रिमियर कपको विजेताले एसिसी एसिया कपमा स्थान बनाउनेछ ।

नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल,विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा।

सम्बन्धित समाचार