नेपालीहरूको नयाँ वर्ष २०८१ को अवसरमा कुमारी बैंकका ग्राहकहरूले मोबाइल बैंकिङ एपमार्फत मुद्दती खाता खोलेमा ब्याज दरमा थप ०.१५ प्रतिशत ब्याज पाउने भएका छन् ।
बैंकले एक विज्ञप्ति जारी गर्दै कुमारी स्मार्ट एपमार्फत आफ्नो मुद्दती खातामा भएको रकमबाट कर्जा लिदा ०।२५ प्रतिशत छुटसमेत दिने भएको छ ।
कुमारी स्मार्टमार्फत घरमै बसेर संसारको जुन कुनाबाट पनि तुरुन्तै लिन सकिने बताइएको छ ।
कुमारी बैंकले पछिल्लो समयमा यस प्रकारका धेरै डिजिटल सुविधाहरू उपलब्ध गराउँदै आएको पनि जानकारी गराइएको छ ।