ब्राजिलमा बाँध भत्किँदा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । दक्षिणी ब्राजिलको रियो ग्रान्डे डो सुल स्टेटमा रहेको एक हाइड्रोइलेक्ट्रिक बाँध भीषण बाढीका कारण भत्किँदा अन्य ६० जना मानिस बेपत्ता भएका छन् ।
बाढीका कारण गएको शनिबारयता करिब १५ हजार मानिस विस्थापित भएको र पाँच लाख मानिसकोमा बिजुली र पिउनेपानीसमेत पुग्न नसकेको जनाइएको छ ।
भत्किएको बाँध ६ दशमलब ६ फिटको रहेको थियोे । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला घटनास्थलको अवलोकन गर्न पुगेका छन् । अलपत्र परेका मानिसको उद्धार गर्न हेलिकोप्टर पठाइएको छ ।