बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गएको जुनदेखि स्वास्थ्य मन्त्री बनेका साजिदमा शनिबार राति संक्रमण पुष्टि भएको हो ।
कोरोना भाइरसविरुद्धको दुवै डोज लगाएका मन्त्री साजिदले बिहान कोरोनासँग मिल्ने लक्षणहरु देखिएपछि पीसीआर परिक्षण गरेका थिए । राति आएको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिउका हुन् । शुक्रबार साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गरेका थिए ।
बेलायतमा पछिल्लो केही दिनयता संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ संक्रमित थपिएका छन् ।