भारतीय लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम आउनेक्रम जारी रहेको छ ।
नेपाली समयअनुसार मंगलबार राति ९:२५ बजेसम्म ३५२ सिटको मत परिणाम सार्वजनिक भएको छ । कुल ५४३ सिटका लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो ।
भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) १७१ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस ९आईएनसी०ले ६९ सिट जित हात पारेको छ ।
यसैगरी समाजवादी पार्टीले २७ र अल इन्डिया तृणमुल कांग्रेस १७ सिटमा जित निकालेका छन् ।