आज पनि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?

नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा दुई सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार चार सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । हिजो चाँदीको मूल्य १३९० मा कारोबार भएकोमा आज घटेर तोलामा १२८० कायम गरिएको महासंघले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार